नियम १९
लगत कट्टा गर्ने

रेडियो यन्त्र बिग्री काम नलाग्ने भएमा वा हराएमा वा रेडियो यन्त्रको बिक्रेता वा निर्माताले त्यस्तो रेडियो यन्त्र बिक्री गर्न वा उत्पादन गर्ने कार्य छोडेमा सो भए गरेको मितिले पैतीस दिनभित्र सो कुराको सूचना लाइसेन्स दिने अधिकारी समक्ष दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको सूचना प्राप्त भएपछि लाइसेन्स दिने अधिकारीले आवश्यक देखेमा जाँचबुझ समेत गरी त्यस्तो रेडियो यन्त्रको लाइसेन्सको लगत कट्टा गर्नु पर्नेछ ।